नेपाली सेनाद्वारा अवैध चोरी शिकारी नियन्त्रण तथा अन्य गतिविधि संचालन

| 2021 Jun 10 | 02:22 pm 101

काठमाडाैं, जेठ २७ः प्रकृति संरक्षण कार्यलाई प्रभावकारी बनाउन र निकुञ्जमा हुने अवैध चोरी शिकारीलाई नियन्त्रण गर्ने
उद्देश्यका साथ चितवन राष्ट्रिय निकुञ्‍जको सुरक्षार्थ तैनाथ खड्‍गदल गण र निकुञ्‍ज प्रशासन सहितको टोलीहरुले
मिति २०७८/०२/२५ गते नवलपुर जिल्ला गैडाकोट नगरपालिका ३ डढेली निवासी वर्ष ३५ को गैंडा सुटर सोम
गुरुङ्ग भनेर चिनिने खड्‍ग गुरुङ्गलाई नियन्त्रणमा लिई निकुञ्‍ज प्रशासन कार्यालय कसरालाई दोहोरो भरपाई गरी
बुझाएको छ ।

मिति २०७८/०२/२५ गते पूर्व पश्‍चिम राजमार्ग शुक्लाफाँटा नगरपालिका ११ बनरा जङ्गल हुँदै महेन्द्रनगर तर्फ आउदै गरेको ना.१ क ५७७२ नम्बरको टिपरबाट करिब ३५ के.जी. को मृत बदेल फेला परेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ देवीदल गण, सुरक्षा गुल्म अर्जुनि र निकुञ्‍ज प्रशासनका कर्मचारी सहितको टोलीले उक्त टिपरमा सवार ३ जना व्यक्तिहरु सहित मृत बदेललाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि निकुञ्‍ज
प्रशासन कार्यालयलाई दोहोरो भरपाई गरी बुझाएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, कोशीटप्पु वन्यजन्तु आरक्ष र बर्दिया राष्ट्रिय निकुञ्‍जमा तैनाथ नेपाली सेना र निकुञ्‍ज प्रशासन सहितको पट्रोल टोलीले परिचालित भइ विभिन्‍न मितिमा बस्ति तर्फ पस्न प्रयास गर्ने जंगली हात्तीहरुलाई जंगल तर्फ धपाउन सहयोग गरी स्थानीय वस्तीमा हुन सक्ने जनधन एवं बालीनालीको क्षति न्यूनिकरण गर्न समेत सहयोग गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.