नारायणगढ-बुटवल सडक विस्तार ढिलाइ हुनुमा ठेकेदार दोषी : अर्थमन्त्री महत

| 2023 Dec 05 | 01:53 pm 281

नवलपरासी, मङ्सिर १९ ।   पूर्व — अर्थमन्त्री प्रकाशशरण महतले नारायणगढ-बुटवल सडक विस्तारमा ढिलाइ हुनुमा ठेकेदार दोषी भएको बताएका छन् ।

नारायणगढ-बुटवल सडक विस्तार ढिलाइ हुनुमा ठेकेदार दोषी : अर्थमन्त्री महत

 

मंगलबार नवलपरासी पूर्वको कावासोतीमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले नारायणगढ-बुटवल सडक निर्माणको ठेक्का लिएको चिनियाँ ठेकेदारका कारण ढिलाइ भइरहेको बताएका हुन् ।ग्लोबल टेन्डरअनुसार न्यून मूल्यमा ठेक्का सकार्ने र काम फटाफट नगर्नुमा ठेकेदार दोषी भएको अर्थमन्त्री महतको भनाइ छ । ‘पैसा दिएको छ । नियमन गर्ने निकाय पनि छ तर काम भएको छैन,’ उनले भने ।

यसबारेमा आफूले सरोकारवाला निकायमा जानकारी गराउने अर्थमन्त्री महतले प्रतिबद्धता जनाए । सडक विस्तारलाई तीव्रता दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ध्यानाकर्षण गराउनेसमेत उनले बताए ।फरक प्रसंगमा अर्थमन्त्री महतले संघीयताबाट पछि हट्ने प्रश्नै नआउनेसमेत बताए ।

(कान्तिपुरबाट )

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.