दाहाल–नेपाल समूहको धर्ना सुरु

| 2021 Jan 28 | 09:21 am 2449

काठमाडाैं, माघ १५ः प्रतिनिधिसभा विघटन भएपछि आन्दोलनरत रहेको नेकपा दाहाल–नेपाल समूहले तेस्रो चरणको आन्दोलनअन्तर्गत काठमाडौको माइतीघरमा धर्ना सुरु गरेका छन्।

बुधबार सो समूहका विघटित प्रतिनिधिसभा सदस्य, संविधानसभा सदस्य तथा प्रदेश सभा सदस्यहरूले माइतीघरमण्डलामा धर्ना दिएका थिए। सो समूहका स्थायी कमिटी सदस्य असंवैधानिक रूपमा संसद् विघटन गरी देशलाई प्रतिगमनतर्फ फर्काउने उल्टो कदम सच्याउनको लागि धर्ना सुरु गरेको बताएका छन्।

विघटित प्रतिनीधिसभा सदस्य पम्फा भुसालले संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाको निम्ति धर्ना बसेको बताइन्। सो धर्नामा नेकपा स्थायी समिति सदस्यहरू अष्टलक्ष्मी शाक्य, देव गुरुङ, पम्फा भुसाल, हरिबोल गजुरेललगायतका पूर्वसांसद तथा नेताहरू सहभागी भएका थिए। बुधबारदेखि सुरु भएको यो धर्ना शनिबारबाहेक २१ गतेसम्म प्रत्येक दिन दुई घण्टा बस्ने नेकपाले जनाएको छ। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.