काठमाडौँ, मंसिर २४ – । शनिवार राती त्रिभुवन विमानस्थल भन्सार कार्यालयले पुनः साढे ६ किलो सुन बरामद गरेको छ । दुबईबाट इजिप्सियन नागरिक मोहमद मोगामद साहेल फ्लाई दुबईको उडान नम्बर एफजेड ५९७ बाट अवैधरुपमा त्रिभुवन विमानस्थलको प्रयोग गर्दै ल्याउन लगिएको उक्त सुन भन्सार कार्यालयले विमानस्थल बाट बरामद गरेको थियो ।
विमानस्थल भन्सार कार्यालयका प्रमुख डा.टोकराज पाण्डेले दिनुभएको जानकारी अनुसार विमानस्थल भन्सार कार्यालयलाइ आएको गोप्य सूचनाको आधारमा चन्द्र घलेकै शैलीमा प्रहरी र भन्सारको संयुक्त टोलीले सोहि उडान मार्फत् काठमाडौं आएका इजिप्सियन नागरिक मोहमद मोगामद साहेल नियन्त्रणमा लिई शरीर खानतलासी गर्दा भित्री ज्याकेटमा खल्ती बनाएर ६ किलो ५९० ग्राम सुन पाउडर बनाएर तस्करी गरी ल्याएको पाइएको थियो ।