तीन उजुरी परेका प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको सुनुवाइ जारी

| 2023 Aug 21 | 01:59 pm 1793

काठमाडाैं, भदाै ४ ।  प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ माथी संसदीय समितिले उजुरी गर्ने म्याद दिई त्यो भित्र उनी विरुद्ध तीन उजुरी परे पछि  सिंहदरबारमा आज संसदीय सुनुवाइ समितिमा उनको संसदीय सुनुवाइ प्रक्रिया सुरू भएको हो।

यसअघि उनीविरूद्ध परेको उजुरीका विषयमा सुनुवाइ भएको थियो। संवैधानिक परिषद्को बैठकले नाम सिफारिस गर्ने र संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश लिए पछि  संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि गत साउन १८ गते सिफारिस गरेको थियो ।   साउन २३ मा बसेको सुनुवाइ समितिको बैठकले श्रेष्ठविरुद्ध १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.