तरुण दलले १३ गते रत्नपार्कमा सरकारको भण्डाफोर गर्ने

रिपोर्ट नेपाल | 2018 Jun 24 | 04:27 pm 3157

काठमाडौँ, १० असार :  नेपाल तरुण दलले अाेली सरकारले गरेका गलत निर्णयका विरोधमा गर्ने भएकाे छ । तरुण दलले यही असार १३ गते दिउँसो २ बजे राजधानीको रत्नपार्कमा भण्डाफोर कार्यक्रम गर्ने भएको हाे।

नेपाल तरुण दलले संगठनलाई थप मज्बुत र सशक्त बनाउन तरुण दलले विभिन्न कार्यक्रम र अभियान हरू सञ्चालन गर्दै आएको तरुण दलका महासचिव भुपेन्द्र जंग शाहीले बताए । सोही क्रममा असार १३ गते सरकारले गरेको मुल्यबृद्दि,अदालतको अपहेलना, प्रेस माथि हस्तक्षेप,सरकारको निरङ्कुश चरित्र, ओली सरकारको गलत क्रियाकलाप र रवैयाको भणडाफोर गर्न देशैभरि विरोध सभा(मुख्य चोकमा कोण सभा) गर्न लागेको  शाहीले जानकारी दिए।

युबा संवाद नागरिक सद्भाव अभियान अन्तर्गत सरकारले गरेको मुल्यबृद्दि,अदालतको अपहेलना, प्रेस माथि हस्तक्षेप,सरकारको निरङ्कुश चरित्र, ओली सरकारको गलत रवैयाको भणडाफोर गर्न देशैभरि विरोध सभा (मुख्य चोकमा कोण सभा) आयोजना गर्ने तरुण महासचिव शाहीले बताए।

कार्यक्रममा तरुण नेताहरूको विशेष सम्बोधनसँगै चर्चित कलाकार, कवि, साहित्यकार , पत्रकार र नागरिक समाजको पनि उपस्थिति रहनेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.