चार प्रदेशमा हल्का वर्षाको सम्भावना

| 2023 Nov 29 | 07:16 am 393

काठमाडौँ, मङ्सिर १३। हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
हाल देशको कोशी प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

आज बुधबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको छ। तसर्थ, वर्षा, हिमपात र देशभरिको तापक्रम गिराबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विभागले अनुरोध गरेको छ।

(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.