गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको अडान कायमै

| 2024 Apr 01 | 02:53 pm 377

काठमाडौं, १९ चैत / प्रमुख प्रतिपक्ष कांग्रेसले सोमबार पनि प्रतिनिधिसभाको बैठकमा सहकारी ठगीबारे संसदीय छानबिन समिति गठनको माग गरेको छ ।प्रतिनिधिसभाको बैठक सुरू हुनेबित्तिकै कांग्रेस सांसदहरू सिटबाट उठेपछि सभामुख देवराज घिमिरेले बोल्ने समय दिएका थिए ।

नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सहकारीपीडितलाई न्याय दिनेगरी संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेकी छिन् ।सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद गौतमले उप्रधानमन्त्री तथा गृहमन्त्री रवी छामिछानेमाथि सहकारीका रकम अनियमिततासम्बन्धी लागेको आरोपबारे संसदीय छानबिन समिति बनाएर निष्पक्ष छानबिन गर्नुपर्ने माग गरिन् । सत्तापक्ष, प्रतिपक्षलगायत सबै दलको प्रतिनिधित्व हुनेगरी छानबिन समिति बनाउनुपर्ने उनको भनाइ थियो ।

उनले सरकारमा बसेपछि बोली फेरिने गरेको बताइन् । ‘रवि लामिछानेसहितले पैसा हिनामिना गरेको उजुरी पर्‍यो । हामीले संसद्मा चासो व्यक्त गर्‍यौं । सत्ता साझेदारका दलका नेताहरू नै उहाँलाई संरक्षण गर्न थाल्नु भयो । सरकारका मुखिया र सरकारमा मान्छेहरू ‘आइ एम द स्टेट’ भन्ने अवस्थामा पुग्नु भएको छ’ सांसद गौतमले भनिन्,’ सरकार अहिले सहाकारी पीडितलाई न्याय दिनेभन्दा आरोपित गृहमन्त्री उजुरी परेको कुरालाई एउटा चिर्कटो भन्नुहु्न्छ ।’ उनले विगतमा पनि संसदीय समिति बनेको उदाहरण दिँदै त्यस्तो समिति बने त्यहाँ सबै पार्टीका सांसद रहने बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.