गिरी र पोखरेल मनोनित

| 2021 Aug 02 | 03:17 pm 925

झापा, साउन १८ः झापाका प्रसिद्ध उद्योगपति एवम् व्यवसायी श्री छत्रबहादुर गिरी नेपाल–भारत मैत्री संघको केन्द्रीय सदस्यमा मनोनित हुनुभएको समाचार छ ।

झापा बिर्तामोडका चिया उद्योग व्यवसायी श्री गिरी यस अघि दुई पटक नेपाल परिवार नियोजन संघको केन्द्रीय अध्यक्ष पदमा रहिसक्नु भएको थियो ।

यसरी नै झापाका पूर्व सांसद एवम् समाजसेवी श्री पुष्प पोखरेल पनि नेपाल–भारत मैत्री संघकै केन्द्रीय सल्लाहकार पदमा मानोनित हुनुभएको कुरा नेपाल–भारत मैत्री संघ झापाका अध्यक्ष श्री प्रदीपमणि रेग्मीले जानकारी गराउनु भएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.