खोलाले बगाएर एक जना बेपत्ता

| 2021 Jun 15 | 01:04 pm 521

गोरखा, असार १ः आरुघाट गाउँपालिका २ ढोडेनीस्थित ठेटनेरी खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बर्दिया घर भई हाल गोरखा बस्दै आएका ३८ वर्षीय गोविन्द चौधरी रहेका छन् ।

अन्य दुई साथीसहित आरुघाट गाउँपालिका कटुन्जेस्थित साहुको घरमा जाने क्रममा चौधरीलाई खोलाले बगाएको इलाका प्रहरी कार्यालय आरुघाटका हवल्दार सोामनाथ गौतमले जानकारी दिए ।

उनीहरु मिस्त्री काम गर्ने रहेछन्, साहुको घरमा जाँदै गर्दा खोला तर्ने क्रममा चौधरीलाई बगाएछ,’ उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.