क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछाने कारागारबाट रिहा

रिपोर्ट नेपाल | 2023 Jan 13 | 02:27 pm 321

काठमाडाैं, पुस २९ः नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने कारागारबाट रिहा भएका छन्। शुक्रबार उनका परिवारले जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी रकम दाखिला गरेपछि केन्द्रीय कारागारबाट उनी छुटेका हुन्।

सन्दीपलाई जिल्ला अदालत काठमाडौं लगिँदैछ। जिल्ला अदालतबाट तारिख बुझेर उनी रिहा हुनेछन्। उच्च अदालत पाटनले जिल्ला अदालतको पूर्पक्षका लागि थुनामा राख्ने आदेश उल्टाएको थियो।

उच्च अदालतले २० लाख धौरटी र १० शर्तसहित सन्दीपलाई रिहा गर्ने आदेश दिएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.