काठमाडौंं, असार ३: रसियामा जारी विश्वकप २०१८ को कोस्टारिका र सर्वियाबीच भएको खेलमा सर्विया १-० गोलले विजयी भएको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा रहेका दुुवै टिमले धेरै चान्स गुमाए । तर, दोस्रो हाफमा सर्वियाले पाएको फ्रि किकलाई भरपुर उपयोग गर्दै जर्सी नम्बर ११ का खेलाडी कोलारोभ गोल गर्न सफल भए ।
खेलको ५६ अौं मिनेटमा गरेको त्यही गोल खेलको निर्णायक बन्यो ।