काठमाडौं, साउन २ । नेपाल प्रहरीमा कार्यरत लेखापालको ८ वर्षे पदावधि नीतिलाई परिवर्तन गर्दै ६ वर्षे बनाइएको छ ।
नेपाल प्रहरीका प्रबक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतका अनुसार नीतिगत निर्णय गर्ने निकाय नीति समन्वय समिति (पिसिसि)ले सो निर्णय गरेको हो । ।
पीसीसीको निर्णय पश्चात प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले निर्णय कार्यान्वयनका लागी सर्कुलर गर्न निर्देशन दिएका छन् । यस अघिका महानिरीक्षक धिरजप्रताप सिंहले ६ वर्षलाई बढाएर ८ वर्षे पदावधि बनाएका थिए । तत्कालिन महानिरीक्षक सिंहको निर्णयलाई वर्तमान महानिरीक्षक कुँवरले वर्षदिनमै उल्टाइदिएका छन् ।
आठ वर्षे पदावधि राख्दा तालिम गरेका थुप्रै लेखापालहरू अवसरबाट वञ्चित हुने भएपछि महानिरीक्षक कुँवरले ६ वर्षे नीति ल्याएका हुन् ।
एकाएक पदावधि घटाउने प्रस्ताव भने मानव स्रोत विकास विभागका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले अघि बढाएका थिए ।