एटलेटिकोमाथि बार्सिलोना विजयी

| 2023 Dec 04 | 08:21 am 625

काठमाडौँ, मङ्सिर १३। —जाओ फेलिक्सले गरेको एक मात्र गोलमा बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार एटलेटिको म्याड्रिडलाई १–० ले हराएको छ ।पोर्चुगाली खेलाडी फेलिक्स एटलेटिकोबाट ऋणमा बार्सिलोना छन् र उनले नै यस खेलमा निर्णायक गोल गरे ।

यो जितपछि बार्सिलोना ३४ अंकमा तेस्रो स्थानमा उक्लेको छ । रियल म्याड्रिड र जेरोना समान ३८ अंकमा शीर्ष दुई स्थानमा रहेका छन् । एटलेटिको भने ३१ अंकमा चौथो स्थानमा रह्यो । अन्य खेलमा सेभियाले भिल्लारियलसँग १–१, मार्लोका र एलाभेसले गोलरहित तथा आल्मेरिया र रियल बेटिसले पनि गोलरहित बराबरी खेले ।
(कान्तिपुरबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.