काठमाडौं मंसिर ५/ राष्ट्र ,राष्ट्रियता ,धर्म,संस्कृति र नागरिक बचाउ महाअभियानकाे नेतृत्व गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाइले घाेषणा गरेको मंसिर ७ काे कार्यक्रममा अपराधी गतिविधिमा लागेकाकाे संलग्नता हुने आशंकामा प्रहरीले उपत्यकाका पाटी प्यालेस लगायतका ठूला हलहरूमा निगरानी बढाएको छ।उपत्यका बाहिर बाट विभिन्न गतिविधिमा लागेका व्यक्तिहरू आउन सक्ने र अप्रिय घटना हुन सक्ने कुरालाई मध्ये नजर राख्दै सतर्कता अपनाएको बुझिएको छ।धर्मलाई समेत जाेडेर घाेषणा गरिएको कार्यक्रममा सहभागी हुन केही धार्मिक अगुवाले सार्वजनिक आह्वान गरेपछि धार्मिक दंगा हुन नदिन प्रहरी सचेत देखिन्छ ।धर्मशाला ,पाटी पाैवालाई पनि निगरानीमा राखिएको छ।दुर्गा प्रसाइकाे आह्वान पछि एमालेको भातृ संगठन युवा संघले समेत त्यही दिन एमै ठाउँ कार्यक्रमकाे घाेषणा गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर देखि बानेश्वर सम्म निषेधित क्षेत्र घाेषणा गरेको छ।दुवै समुहलाई माइतीघरमा कार्यक्रम गर्न नदिने भएपछि युवा संघले तिनकुनेमा कार्यक्रम गर्ने भएको छ भने प्रसाइलाई जिल्ला प्रशासनले बल्खु ताेकिदिएकाे छ।