काठमाडौँ, मंसिर २४ – काठमाडौंबाट बिहान ९ः३१ मा दुई जना यात्रुहरु को साथमा ११ सय २६ केजी सामान लिएर लुक्ला तर्फ उडेको तारा एयरको नाइन एन एएलओ कल साइनको कार्गो जहाजको आपतकालीन ढोकाको सिसा उड्दाउड्दै बीच रुटमै खसेको पाइएको हो। काठमाडौंबाट उड्ने क्रममा उक्त जहाजको आपतकालीन ढोकाको सिसा केही भएकाे थिएन तर, जहाज लुक्लामा ल्यान्ड गरेर पार्किङमा जाँदा इमर्जेन्सी ढोकामा सिसा नभय पनि जहाजमा भएका दुई जना यात्रुहरुर जहाजकाे अवस्था सामान्य रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।