आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

रिपोर्ट नेपाल | 2024 Jan 30 | 07:31 am 289

ईलाम, माघ १६।आफ्नै श्रीमती ६२ वर्षीया हस्तश्वरी लिम्बुको हत्या गरेको अभियोगमा माङसेबुङ  गाउँपालिका-२ पासाङ बस्ने ६१ वर्षीय बालधोज लिम्बुलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार साँझ उनीहरूबीच झै-झगडा हुँदा गम्भीर घाइते भएकी हस्तश्वरीको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ईभाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.