काठमाडौं, जेठ ११ः नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरको नाम जोडेर अफवाह फैलाएको प्रति पूर्व महानिरीक्षक ओम विक्रम राणाले अपत्ति जनाएका छन् ।
राणाले आफ्नो फेसबुक पेजमा भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक वसन्त कुँवर अपराध अनुसन्धान कार्यालयको प्रमुख हुँदा नै १० नं. डायरीमा मुद्दा दर्ता भई प्रकृया अघि बढि सकेको र हाल प्रहरीका सम्बद्ध सबै उच्च पदस्थ अधिकृतहरुको संयुक्त प्रयासबाट यो मुद्दाको अनुसन्धानमा सफलता मिलेको लेखेका छन् ।
पूर्व महानिरीक्षक राणाले अनावश्यक रूपमा कुँवरको नाम जोडी कुनै स्वार्थ समुहले अफवाह फैलाई प्रहरीको मनोवल गिराउने प्रयास गरेको उल्लेख गरेका छन् । राणाले आफ्नो फेसबुकको अन्त्यमा सांसद र सञ्चारकर्मीको ध्यान आकर्षित गराएका छन् ।
पूर्व प्रहरी महानिरीक्षक ओम विक्रम राणाकाे फेसबुक पेजबाटः