आइजीपीका विषयमा आएका समाचारको प्रहरीद्वारा खण्डन

| 2023 May 24 | 06:20 pm 1145

काठमाडौं, जेठ १०ः नेपाल प्रहरी केन्द्रीय प्रहरी समाचार कक्षले नक्कली शरणार्थी प्रकरणमा जेठ ९ र १० गते आइजीपी वसन्त कुँवरको भूमिका शंकास्पद भन्ने समाचार प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्त एवं प्रहरी नायव महानिरीक्षक कुवेर कडायतद्वारा हस्ताक्षरीत विज्ञप्तीमा उपत्यका अपराध अनुसन्धान कार्यालयका तत्कालीन प्रमुख (हाल प्रहरी महानिरीक्षक) वसन्त बहादुर कुँवरले नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणको मुद्दाका आरोपीहरु सँग सम्पर्क गरेको कुरा निन्दनीय भएको जनाइएको छ ।

वक्तब्यमा कुनै आधार, तथ्य र प्रमाण बिना अपराध अनुसन्धान जस्तो संवेदनशिल विषयमा सम्प्रेषण गरिएको समाचारले जनमानसमा भ्रम सिर्जना हुन जाने र नेपाल प्रहरी संगठनकै विश्वास, नियत छवी तथा चेन अफ कमाण्डमा समेत आँच आउने हुँदा प्रकाशित समाचारहरु प्रति असहमति जनाइएको छ ।

नेपाल प्रहरीका जुनियर देखि सिनियर प्रहरी अधिकृतहरुले आफ्नो जीवन र करिअरको समेत प्रवाह नगरी गरेको अनुसन्धानले यो प्रकरण बाहीर आएको र अझ पनि कैयौं व्यक्ति अनुसन्धानको दायरामा रहेको, कारबाहीको दायरामा ल्याउने काम बाँकी नै रहेको अवस्थामा अनुसन्धानमा रहेका प्रहरी अधिकृतहरुको मनोबलमा समेत असर पर्ने यस्ता तथ्यहिन, भ्रामक सामाग्री प्रकाशन तथा प्रशारण नगर्न संचार जगतलाई विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।

May be an image of text

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.