अमेरीकी डलर साटिदिने र नकली सुन देखाएर ठगि गरेका ६ जना प्रहरीको चिसो छिडीमा

| 2023 Dec 05 | 12:01 pm 613

 

काठमाण्डौ, मङ्सिर १९ । अमेरीकी डलर साटीदिने भन्दै र नक्कली सुन देखाएर रकम लिने ६ जनालाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, बौद्ध र स्वयम्भु वृत्तको संयुक्त टोलीले पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध र स्वयम्भु पठाइएको छ । पक्राउ पर्नेहरुमा सोलुखुम्बुका ४२ वर्षिय टाँसी लाक्पा शेर्पा, सिन्धुपाल्चोक बाह्रबिसेका ४५ वर्षिय राजेन्द्र भण्डारी, बाह्रबिसेकै ३४ वर्षिय विष्णु भण्डारी, २४ वर्षिय निर्मल भण्डारी, २५ वर्षिय सुजन तामाङ र ३२ वर्षिय कमल खड्‌का रहेका छन ।

उनिहरुले काठमाण्डौको विजेश्वरीमा वर्कसप चलाउदै आएका ३८ वर्षिय प्रेम कुमार लामालाई अमेरीकी डलर साटिदिने भन्दै मंसिर ११ गते १२ लाख, लक्ष्मण रावलसँग १० लाख र एक वर्ष अघि नक्कली सुन देखाई सजन बराइलीसंग २० लाख लिई फरार भएका थिए। ठगि गरेर फरार भएका ठगलाई अपराध अनुसन्धान कार्यालय बौद्ध र स्वयम्भुबाट खटिएको टोलीले मंसिर ११ गते बुधवार पक्राउ गरेको हो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.