अपराध महाशाखाद्वारा ठूलो मात्राको अवैध मदिरासहित चिनियाँ नागरिक पक्राउ

रिपोर्ट नेपाल | 2021 Jul 30 | 02:39 pm 3061

काठमाडौं, साउन १५ः चिनियाँ नागरिकले अवैध रुपमा संचालन गरेको अवैध घरेलु मदिरा बनाउने उद्योगमा महानगरीय अपराध महाशाखाको टोलीले छापा मारेको छ ।

No description available.

विशेष सुराकीको आधारमा प्रहरी बरिष्ठ उपरीक्षक चन्द्र कुबेर खापुङको कमाण्डमा गएको टोलीले उक्त उद्योगबाट ८० लिटर मदिरा रहेको १ सय २३ बाल्टिन मदिरासहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको छ ।

No description available.

उक्त उद्योगमा मदिरा बनाउनका लागि प्रयोग गरिने कच्च पदार्थ, मेसिन, मदिरा राख्ने बोतल तथा मदिरालाई सुगन्धित बनाउने पदार्थसमेत बरामद गरिएको छ ।

No description available.

काठमाडौंको ज्याठाबाट बरामद गरिएको उक्त मदिराको उद्योग कतिजनाले संचालन गरेका छन् भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बुझिएको छ ।

No description available.

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.