अधिवक्ता पाण्डेलाई थुनामुक्त गर्न अदालतको आदेश

| 2023 Aug 03 | 11:11 am 2461

काठमाडौँ, साउन १८ । प्राइम टेलिभिजनमा मुस्लिम, मगर र तामाङ समुदायका मानिसले दाजुबहिनी बीच विवाह सम्बन्ध हुने अभिव्यक्ति दिएर विवादित बनेकी  कानुन व्यवसायी भगवती पाण्डे ‘शीतल’ अन्तत थुनामुक्त भएकी छन् ।  जिल्ला प्रहरी परिसर काठमाडौँले बुधबार उनलाई पक्राउ गरेर म्याद थपका लागी अदालतमा उपस्थित गराएको थियो ।

अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि अधिवक्ता पाण्डेलाई  ‘जिम्मा जमानी’मा थुनामुक्त गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी कुमुध ढुंगेलले बताए । अधिवक्ता पाण्डेले  प्रमाण नष्ट गर्ने अवस्था नरहेको भन्दै अदालतले थुना बाहिर राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश गरेको छ ।

उनीविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमार सिंह घिसिङ र  नेपाल मगर सङ्घका ज्ञानेन्द्र पुनः ले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.