काठमाडौं, फागुन ६ : गायक पशुपति शर्मालाई नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले २५ हजार रुपैयाँ पुरस्कार घोषणा गरेका छन् ।सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले जनताको बोली गाउने गायक भन्दै शर्मालाई फागुन महिनाको पारिश्रमिकबाट २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् ।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले भने- “जनताको बोलीलाई गायक शर्माले प्रतिनिधित्व हुने गरी सृजना गरेर गीत ल्याएका छन् म फागुन महिनाको पारिश्रमिकबाट २५ हजार रुपैयाँ उहाँलाई पुरस्कार स्वरूप दिनेछु।” जनताको अवाजलाइ गीतमार्फत भावना अपनाउर्ने भन्दै उनले यस्तो घोषणा गरेको आशय ब्याक्त गरे । सांसद सिंहले सुन्नेलाई कानमा मर्करी या सिसा पगालेर राख्नुपर्छ सरकारको यस्तो बुझाइले लोकतन्त्र कहाँ हो ?’ भन्दै प्रश्नसमेत गरेका थिए ।
केही दिन अघि गायक पशुपति शर्माले “लुट्न सके लुट कान्छा अरू देशमा पाइँदैन नेपालमै छ छुट”भन्ने बोलको गीत बजारमा ल्याएका थिए । उनको गीत युट्युबमा आएको एक दिन पछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठनले आपत्ति जनाएको भन्दै उनले उक्त गीत युट्युबबाट हटाएका थिए ।