Congo मा तैनाथ नेपाली शान्ति सैनिकद्वारा सडक निर्माण गरी हस्तान्तरण

| 2022 Apr 24 | 09:00 pm 233

काठमाडाैं, बैशाख ११ः संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ MONUSCO Mission, Congo मा तैनाथ श्री नं.२५ फिल्ड गुल्म (ईन्जिनियर गुल्म) ले कुल १२ किलोमिटर लम्बाईको कातोतो-लिता-जिली सडक खण्ड निर्माण सम्पन्न गरी मिति २०७९बैशाख ७ गते सम्बन्धित निकायलाई हस्तान्तरण गरेको छ ।

नेपाली शान्ति सैनिकहरुले मिति २०७८ माघ १३ गतेबाट निर्माण प्रारम्भ गरेको उक्त सडक खण्ड, Democratic Republic of the Congo, Ituri Province का Vice Governor Police Chief Benjamin Alonga Boni ले उद्‍घाटन गरेका थिए । उक्त कार्यक्रममा Acting Head of Office, Northern Sector  Commander  तथा विभिन्न स्थानीय निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

उक्त हस्तान्तरण कार्यक्रमको दौरान, MONUSCO मिशन एवम् स्थानीय प्रान्तीय सरकारका प्रतिनिधिहरुले उक्त शान्ति सेना गुल्मद्वारा लिता गाउँका स्थानीयहरुको प्रयोगको लागि मरामत गरिएको फुटबल मैदानको निरीक्षण समेत गरेका थिए ।

नेपाली शान्ति सैनिकहरुले द्वन्दग्रस्त मुलुकहरुमा तैनाथ रही आफ्नो अपरेशनल जिम्मेवारीको अलावा स्थानीय समुदायलाई लक्षित गरी संचालन गरेका यस प्रकारका निर्माण कार्य एवं सामुदाय लक्षित जनहित कार्यहरुले स्थानीय निकाय तथा समुदाय र शान्ति सैनिकहरुबीच विश्वासको वातावरण श्रृजना भई आपसी सम्बन्ध थप प्रगाढ हुने देखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.