वरिष्ठ नेता पौडेल पक्राउको विरोधमा नेविसंघले प्रदर्शन गर्दै

| 2020 Dec 02 | 05:36 pm 187

काठमाडौं मंसिर १७ : नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरिएकोमा प्रदर्शन गर्न भएको छ । नेविसंघ केन्द्रीय कार्यसमितिको आयोजनमा बुधबार साढे पाच बजे माइतीघर मण्डलामा विरोध प्रदर्शनको कार्यक्रम रहेको नेपाल विद्यार्थी संघका महामन्त्री दिपक भट्टराईले जानकारी दिए ।

मण्डले हरुको खुट्टामा उभिएको निकम्मा, नालायक र भ्रष्ट सरकारको ज्यादतिका विरुद्ध प्रदर्शन गर्न लागिएको उनको भनाइ छ । जिल्ला प्रशासन कार्यालय तनहुँले जारी गरेको निषेधाज्ञा तोडेको आरोपमा प्रशासनले काँग्रेसका वरिष्ठ नेता पौडेललाई आज दिउँसो पक्राउ गरेको थियो । तनहुँको व्यास नगरपालिका–१, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्घाटन गर्न गएका पौडेललाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँमा राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.