११२ नम्बर जङ्गे पिलर ढल्ने अवस्थामा

| 2020 Nov 22 | 09:15 am 264

झापा, मंसिर ७ः  भारतसँग १ सय ४४ किलोमिटर क्षेत्रमा जोडिएको झापामा ९ सय ९५ वटा सीमास्तम्भ छन्, जसमध्ये ३६ वटा पुनर्निर्माण गर्नुपर्ने अवस्थामा पुगेको सरकारी तथ्याङ्कमा उल्लेख छ । हालसम्म १ सय २२ वटा सीमास्तम्भ फेला परेका छैनन् । ७६ वटा सीमास्तम्भ मर्मत गर्नुपर्ने अवस्थामा छन्  ।

दक्षिणी झापाको कचनकवल–४ स्थित पाठामारीमा रहेको नेपाल–भारत सीमानाको ११२ नम्बरको जङ्गे पिलर ढल्ने अवस्थामा पुगेको छ । यो वर्ष मात्र १६ वटा पिलरमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

संरक्षणका लागि विभागमा जानकारी गराइसकेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । दुवै देशका नापी विभागको प्राविधिक टोलीले यही महिनाबाट स्थलगत अनुगमन गरी पुनःस्थापन गरिने विभागबाट जानकारी पाएको प्रजिअ तिमिल्सिनाले बताए ।

गत तीन वर्षयता ७० वटाभन्दा बढी पिलरमा क्षति पुगेको तथ्याङ्क रहेको उनले जनाए । कटान रोकथामका लागि कचनकवल गाउँपालिका अध्यक्ष अञ्जरा आलमलाई जानकारी गराइसकेको उनको भनाइ छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.