बिप्लव समूहका पूर्व जिल्ला सेक्रेटरी पक्राउ

रिपोर्ट नेपाल | 2020 Jul 06 | 05:41 pm 79

भोजपुर, असार २२ः सरकारद्वारा प्रतिबन्धित नेत्र बिक्रम चन्द ‘बिप्लव’ समूहका पूर्व भोजपुर जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा टेम्केमैयुङ गाउँपालिका –८ गोगनेको खनियाखर्कबाट मादेन भनिने मोहन राई रहेका छन् ।

संगठित तथा बिष्फोटक पदार्थ सम्वन्धी कसुर मुद्धामा सग्लन भइ फरार रहेका राईलाई आइतबार पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । राईलाई विषेश सूचनाको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले भोजपुरको हतुवागढी गाउँपालिका –९ हम्बफाबाट १३ किलो ४ सय ग्राम गाँजा बरामद गरेको छ । गोप्य सूचनाको आधारमा स्थानीय जस बहादुर राईको घर खानखलाशी गर्दा गाँजा फेला परेको प्रहरीको भनाइ छ ।

घरधनी राई फरार रहेकोले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रदिप लामाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.