सर्पको टोकाईबाट कञ्चनपुरमा एक बालिकाको मृत्यु

रिपोर्ट नेपाल | 2020 Jun 29 | 05:28 pm 28

कञ्चनपुर, असार १५ः सर्पको टोकाईबाट कञ्चनपुरमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लाफाँटा नगरपालिका –१२ कालागौंडीकी पाँच वर्षीया बालिका पुनम बोहरा रहेकी छन् ।

सर्पले टोकेपछि सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेकी बालिकाको सोमबार मृत्यु भएको स्थानीयवासी नरेन्द्र बोहराले जानकारी दिए ।

उनलाई शनिबार राति सुतिरहेका बेला सर्पले टोकेपछि अर्जुनीस्थित सर्पदंश उपचार केन्द्रमा उपचारार्थ भर्ना गरिएको र उक्त केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि बालिकालाई सेती प्रादेशिकअस्पतालमा पुर्‍याइएको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.