मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खस्दा तीन जनाको मृत्य, १२ घाइते

रिपोर्ट नेपाल | 2020 Mar 22 | 08:23 pm 1196

तनहुँ, चैत ९: पृथ्वीराजमार्गअन्तरगत पर्ने आँबुखैरेनीको ऐनापहराबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खस्दा तीन जनाको मृत्य भएको छ भने १२ जना घाइते भएका छन्।

उक्त दुर्घटनाआइतबार साँझ साढे ६ बजे ना५ख ४२९४ नम्बरको बस पोखराबाट नेपालगन्ज जाँदै गर्दा सडकबाट करिब एक सय मिटर तल खसेको ट्राफिक प्रहरी चौकी आँबुखैरेनीका प्रमुख रामकृष्ण गौलीले जानकारी दिए।

हालसम्म तीन जनाको शव भेटिए पनि मृतक कसैको पनि पहिचान नखुलेको गौलीले बताए।

अहिले पानी परिरहेकाले उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण जानकारी आउन बाँकी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.