सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का

रिपोर्ट नेपाल | 2020 Feb 26 | 09:11 pm 170

बैतडी, फागुन १४: सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।

बुधबार साँझ ७ बजेर ४८ मिनेटमा गएको भूकम्पको धक्का दार्चुला र बैतडीमा महसुस गरिएको हो।

भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार भारतको उत्तराखण्ड प्रदेशको धार्चुला केन्द्र भएर ३.४ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएको छ।

भूकम्पको क्षतिबारे कुनै विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.