कर्तब्यज्यान मुद्दाका फरार अभियुक्तहरु पक्राउ

| 2020 Feb 24 | 05:42 pm 135

काठमाडौं, फागुन १२: कर्तब्य ज्यान मुद्दामा फरार रहेका दुई जनालाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुली लिल्ला गोलञ्जोर गाउँपालिका वडा नं ७ का ७३ वर्षीय यज्ञ प्रसाद चौलागाई र ३४ वर्षीया (सम्झना) भन्ने टिका कुमारी चौलागाई रहेका छन् ।

उनीहरुलाई कुमार प्रसाद पहाडीको जाहेरीले कर्तव्य ज्यान मुद्दामा पुनरावेदन अदालत पाटनको मिति २०७६ जेठ १० गतेको फैसलाले जनही २० बर्ष कैद हुने ठहर भएकोमा अभियुक्तहरु भागी फरार हुँदा उक्त सजाय वेरुजु रहेका थिए ।

अभियुक्तहरुलाई ब्यूरोको टोलीले हिजो आइतबार गोठाटार, काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराईएको ब्यूरोले जानकारी दिएको हो ।

उनीहरुलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पेश गरीएको छ।

२०७३ कात्तिक ३० गते जिल्ला सिन्धुली जिल्ला साविक भिमेश्वर गाबिस वडा नं ९ विकासे कुलो नजिकै तुलसा कुमारी पहाडीको मृत शव फेला परेको थियो ।

आफ्नै घर परिवारका सदस्यहरुबाट घरेलु हिंसाको शिकार बन्दै आएकी तुलसा ससुरा नाता पर्ने यज्ञ प्रसाद चौलागाई र देउरानी नाता पर्ने टीका कुमारी चौलागाईले कुटपिट गरी मारेर फालेको ठहर गर्दै पुनरावेदन अदालत पाटनले उनीहरुलाई जन्म कैदको सजाय हुने फैसला गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.