बम विस्फोट गराएको आरोपमा विप्लव समूहका जिल्ला इञ्चार्ज पक्राउ

| 2020 Feb 14 | 09:38 am 66

धनुषा, फागुन २: गत मंसिर २७ गते राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा एक प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान जाने गरी गराइएको बम विस्फोटमा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्वल’ समूहका सप्तरी जिल्ला इञ्चार्ज इन्दल साह धानुक रहेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई प्रहरीले सप्तरीबाट पक्राउ गरेको धनुषा प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

धानुक यसअघि विप्लव नेकपाको सिरहा जिल्ला इञ्चार्ज रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा यसअघि प्रहरीले पाँच जनालाई पक्राउ गरिसकेको छ ।

उक्त बम विष्फोटमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहाल, औषधि व्यवसायी ४८ वर्षीय राजेश साह र उनका छोरा १६ वर्षीय आनन्द साहको ज्यान गएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.