संरक्षित वन्यजन्तु पाटेबाघको छालासहित तीन जना पक्राउ

| 2020 Feb 11 | 06:02 pm 70

दाङ, माघ २८: संरक्षित वन्यजन्तु पाटेबाघको छालासहित तीन जनालाई ब्यूरोले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सल्यान बनगाड किपण्डे नगरपालिका वडा नं २ का ३७ वर्षीय यम बहादुर राना, सल्यान त्रिवेणी गाँउपालिका वडा नं १ का ३० वर्षीय सुरनित रामजा बुढा मगर र सल्यान शारदा नगरपालिका वडा नं १ का २६ वर्षीय रमित सुनार रहेका छन् ।

उनीहरुलाई आखेटोपहार अवैध रुपमा ओसार–पसार तथा खरिद बिक्रि गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा पाटेबाघको छाला १ थान सहित पक्राउ गरेको हो ।

वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथामको लागि सोमबार केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले दाङ, तुल्सीपुर उपमहानगरपालिका वडा नं. ५ बसपार्कबाट उनीहरुलाई पक्राउ गरिएको ब्यूरोले जानकारी दिएको छ ।

पक्राउ परेका उनीहरुलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय घोराही दाङमा बुझाईएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.