माईक्रोबस दुर्घटना हुँदा सिन्धुलीमा एकको मृत्यु, १० घाइते

रिपोर्ट नेपाल | 2020 Jan 26 | 09:43 am 206

सिन्धुली, माघ १२: आइतवार बिहान झापाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक माईक्रोबस (हायस) दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

दुर्घटनामा परी मृत्यु हुनेमा सोही माइक्रोबस चालक काठमाडौं महानगरपालिका–११ काँडाघारीका मोहन महर्जन रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

बा४ ख ६९६ नम्बरको माइक्रोबस सिन्धुलीको कमलामाई नगरपालिका–२ ढुंग्रेभञ्याङस्थित भद्रकाली मन्दिर नजिकै दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी घाइते भएका १० जनाको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ। दुर्घटना बिहान सवा सात बजे ढुंग्रेभञ्याङ स्थत भद्रकाली मन्दिर नजिक पुगेको माइक्रोबस बाक्लो हुस्सु लागेकाले अध्यारो हुदाँ दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

माइक्रोबस सडकबाट करिव ४० मिटर तल खसेको सूचना अधिकारी खत्रीले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.