ट्राफिकको सक्रियता बढे पनि हटेनन् हाते ट्याक्टर

रिपोर्ट नेपाल | 2020 Jan 12 | 01:34 pm 234

काठमाडौं, पुस २७ः महानगरीय ट्राफिक कार्यालयले पछिल्लो समय जनताको मन छुने किसिमका कार्य गर्दै आएको छ ।

महाशाखाका प्रमुख एसएसपी भीम ढकाल एसपी राजकुमा वैदावार र अर्का एसपी जीवनकुमार श्रेष्ठको एकमत भएका कारण उपत्यकामा ट्राफिक प्रहरीको सकृयता र प्रभावकारीता बढ्दै गएको महसुस भएको छ ।

महाशाखाका प्रमुख ढकाल आफैं सार्वजनिक यातायातमा यात्रा गरेर यात्रुका समस्या बारे जिज्ञासु बनेको कुरा देखि चालक र सहचालकको व्यवहार बारे जानकारी लिएपछि सर्वसाधारणले ट्राफिक प्रहरीको कामको प्रशंसा गरेका छन् ।

ट्याक्सी चालकको दादागिरीलाई पनि ट्राफिक प्रहरीले तोड्ने अभियान चलाएका छन् । विशेष गरी कलंकी, विभिन्न अस्पताल वरीपरी बस्ने ट्याक्सी चालकले मिटरमा जान नमान्ने र जथाभावी भाडा लिने गरेको पाइन्छ ।

कलंकीमा ट्राफिक प्रहरीकै मिलेमतोमा यस्ता कार्य हुँदै आएकोमा ट्राफिक प्रमुख ढकालले त्यहाँ रहेका सबैलाई तानेर नयाँ सेट खटाएका छन् । नयाँ ट्राफिक प्रहरी गए पनि कलंकीमा ट्याक्सी चालकको मनपरी भाडा तोक्ने कार्य नरोकिएकोले त्यस तर्फ ढकालको ध्यान जान जरुरी छ ।

ढकाल ट्राफिक प्रहरीको जिम्मेवारीमा आएपछि अवैध रुपमा सामान ढुवानी गर्ने हाते ट्याक्टरलाई हटाउने अभियान चलाइएको छ । कृषि प्रयोजनका लागि भनेर ल्याइएका हाते ट्याक्टरले बालुवा, गीट्टी, सिमेन्ट र छड बोक्दै आएका छन् ।

विशेष गरी चावहील, भक्तपुर, कोटेश्वर, बालकुमारीलगायत ललितपुरका विभिन्न स्थानमा चल्ने हाते ट्याक्टरले ट्राफिक जाम गराउने गरेका छन् । व्यक्तिगत प्रयोजनका नममा अवैध ढुवानी गर्ने यि ट्याक्टर हटाउने अभियान अन्तरगत झण्डै साठी जति कारबाहीको दायरामा आएपनि सयौंको संख्यामा सडकमा अझै गुडेको देख्न पाइन्छ ।

ट्राफिक व्यवस्थापनमा स्वयम् आफैं खट्ने र जनतालाई चेतनशिल बनाउने अभियानमा लागेको ट्राफिक प्रहरीको नेतृत्व पछिल्लो समय सर्वसाधारणले प्रशंसा गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.