चिर्पट प्रहार गरि एक युवकले गरे ठूलो बुबा र ससुराको हत्या

रिपोर्ट नेपाल | 2019 Jul 10 | 09:00 am 31

अछाम, असार २५:  जिल्लाकाे मंगलसेन नगरपालिका १ मा एक युवकले चिर्पट प्रहार गरि आफ्नो ठूलो बुबा र ससुराको हत्या गरेका छन् ।

मंगलबार राति  मंगलसेन नगरपालिका–१ कुन्तिवण्डालीको ढुंगानी गाउँका २७ वर्षीय प्रेम कुमार साउदले ठूलो बुबा र ससुराको हत्या गरेको प्रहरीले जनाएको छ ।

राति करिव १ बजेको समयमा ठूलो बुबा ७२ वर्षीय देउसिंह साउद र ५५ वर्षीय ससुरा बिरभान साउदको हत्या गरेको  स्थानीय होम साउदले जानकारी दिए ।

प्रेमकी पत्नि धौलीले दिएकाे जानकारी अनुसार राति पाहुना आएका ससुरा र ठुलो बुबासंगै सुतेको बेला एक्कासी उठेर चिर्पट प्रहार गरेको बताईन् । ठुलो बुबालाई प्रहार गरेपछि बचाउन खोज्दा ससुराकोसमेत टाउकोमा प्रहार गरेको उनले जानकारी दिईन् ।

बुबालाई बचाउन खोज्दा आफुलाई पनि पिठ्यूमा दुई पटक प्रहार गरेको र भागेर ज्यान जोगाएको उनले सुनाईन् । घरमा ठुलो बुबा र ससुराको हत्या गरेपछि प्रेम फरार भएका थिए । फरार भएका उनलाई सोही नगरपालिकाको वडा नम्बर २ को मिस्त्रुबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

हत्या गर्नुको कारण नखुलेको र प्रेम लठेब्रो रहेको स्थानीले बताएका छन् । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीको टोली घट्नास्थल पुगिसकेको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.