आफ्नै आमाले गरीन् दुई महिने छोरीको निर्मम् हत्या

रिपोर्ट नेपाल | 2019 May 17 | 12:33 pm 111

गुल्मी, जेठ ३:  जिल्लाको गुल्मी दरवार गाउँपालिका ४ की ३६ वर्षीया जमुना विकले दुई महिनाकी छोरीको हत्या गरेकी छन् ।

बिहीबार साँझ विकले आफ्नी दुई महिनाकी छोरी विष्णु विकलाई हत्या गरेको वडाध्यक्ष खुमबहादुर पल्लीले बताए । स्थानीय दिएका जानकारी अनुसार विकले छोरीको पटक–पटक हत्या गर्न प्रयास गर्दा स्थानीयले बचाउँदै आएको पल्लीले जनाए ।

छोरीलाई विकले कन्चटमा दाउराले हानेर हत्या गरेकी थिइन् । उनलाई उक्राउ गरी हिरासतमा राखिएको प्रहरी प्रमुख एसपी दीपककुमार बस्नेतले बताए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको एसपी बस्नेतले जानकारी दिए । मृतक बालिकाको शव पोष्टमार्टमको लागि गुल्मी अस्पताल ल्याइएको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.