२ किलो ३ सय ग्राम सुनसहित धनगढीमा २ जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Mar 07 | 05:42 pm 1030

धनगढी, फागुन २३ : जिल्ला प्रहरी कार्यालय कैलालीले सुनसहित धनगढीका २ जना व्यापारीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक आभुषण तिम्सिनाले चिसापानीमा चेकजाँचका क्रममा गएराति २ किलो ३ सय ग्राम सुन सहित धनगढीका दुई व्यापारीलाई पक्राउ गरिएको जानकारी दिए ।

उनका अनुसार व्यापारीसँग १ किलो ३ सय ग्राम सुन खरिद गरेको विल भेटिएको भएपनि एक किलो सुनको भने विल छैन् । उनीहरूबाट चादीँका भाडाकुडा समेत प्रहरीले बरामद गरेकाे छ ।

व्यापारीले काठमाडौँबाट सुन खरिद गरेर ल्याएको दावी गरिरहेको प्रहरीले जनाएको छ । ब्यापारीको बारेमा ११ बजे पत्रकार सम्मलनको आयोजना गरी सार्बजकि गर्ने प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.