१० किलो अवैध सुनसहित दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2018 Sep 09 | 05:54 pm 2657

गोरखा, भदौ २३ : उत्तरी गोरखाको सिर्दिबासमा १० किलो अवैध सुनसहित दुई पक्राउ परेका छन् ।

चुमनुव्री गाउँपालिका–३ स्थित सिर्दिबासमा चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विमल बस्नेतले जानकारी दिए ।

पक्राउ पर्नेमा चुमनुव्री गाउँपालिका–७ छेकम्पारका घर भएका मुटुक लामा र लोप्सान तेन्जे लामा रहेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए । “चेकजाँचका क्रममा प्रहरीको टोलीले खानतलासी गर्दा उनीहरूको साथबाट अवैध सुन बरामद गरेको हो”, प्रहरी उपरीक्षक बस्नेतले भने ।

यसअघि गोरखाको उत्तरी क्षेत्र हुँदै नेपालमा सुनको तस्करी भइरहेको आशङ्कामा प्रहरीले गहिरो अनुसन्धान गर्दै आएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.