हुण्डी कारोबारीमा संलग्न एक भारतीय नगदसहित पक्राउ

रिपोर्ट नेपाल | 2020 Jan 08 | 08:32 am 864

पर्सा, पुस २३ः प्रहरीले अवैध वित्तीय कारोबार (हुण्डी) मा संलग्न रहेको आरोपमा एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत विहार जिल्ला मोतिहारी पूर्वी चम्पारण रक्सौलका राजुकुमार श्रीवास्तव रहेको प्रहरीले जनाएको छ।

वीरगन्ज–१६ रजतजयन्ती चोकबाट मंगलबार दिउँसो पक्राउ परेका श्रीवास्तवको साथबाट ४ लाख ४५ हजार नेपाली रुपियाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

बीआर०१सिके ९७९६ नम्बरको स्कुटरमा भारत रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको उनले रकमको स्रोत खुलाउन नसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी विरेन्द्र शाहीले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.