हत्या गरेर फालिएकाे अवस्थामा अत्तरियामा एक शव फेला

रिपोर्ट नेपाल | 2019 Mar 16 | 09:22 am 1604

कैलाली, चैत्र २ गते : शनिबार बिहान कैलालीको अत्तरियामा एकजनाको शव फेला परेको छ ।

जिल्लाको गोदावरी नगरपालिका ४ खैराना गाउँ जाने बाटो पुलको नजिकै शव फेला परेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा कसैले हत्या गरेर त्यँहा फालेको हुन सक्ने जनाइएको छ ।

घोप्टो परेको अवस्थामा फेला परेको शवको पहिचान हुन नसकेको भन्दै अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक आभुषण तिल्सिनाले जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेकाे उनकाे भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.