स्याङ्जाको गल्याङमा जीप दुर्घटना

| 2021 Oct 16 | 04:14 pm 1629

काठमाडौँ, असोज ३० : गुल्मीको हर्मिचौरबाट बुटवलका लागि छुटेकोे लु ३ च ४१९१ नम्बरको बलेरो जीप शनिबार स्याङ्जाको गल्याङ नगरपालिका नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक अर्जुन बिकले जानकारी दिएका छन् । उनका अनुसार जीपमा ६ जना सवार भएकोमा २ जनाको अवस्था गम्भीर रहेको छ ।

घाइतेहरुको स्थानिय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जीप सडकदेखि १५० मिटर तल खसेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.