स्पेनकी राजकुमारी मारिया टेरेसाको कोरोना संक्रमणबाट निधन

रिपोर्ट नेपाल | 2020 Mar 29 | 07:26 am 1235

एजेन्सी, चैत १६: स्पेनकी पूर्व उपप्रधानमन्त्री समेत रहेकी राजकुमारी मारिया टेरेसाको कोरोना संक्रमणबाट निधन भएको छ ।

८६ वर्षीया टेरेसाको कोरोना भाइरसको संक्रमणका कारण शनिबार निधन भएको उनका भाइ हेनरीको हवालाले जानकारी दिएको स्पेनका सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यस्तै उनको मृत्यु भएको डेली मेलले समेत पुष्टि गरेको छ ।

मारिया टेरेसाका आफ्नै सन्तान नभए पनि भाञ्‍जा भाञ्‍जीको सहारामा रहेकी थिइन् । कोरोना भाइरसबाट स्पेनमा पहिलो राजपरिवारको मृत्यु भएको समेत डेली मेलले बताएको छ । स्पेनको बौर्बन पर्मा राजवंशमा कोरोनाका कारण पहिलो मृत्यु भएको हो ।

मारियाको जन्म भने फ्रान्सको पेरिसमा भएको थियो । मारियाका ६ भाइबहिनी रहेका छन् । उनले आफ्नो युवा अवस्था म्याड्रिडमा बिताएकी थिइन् । मंगलबार मात्र इन्स्टाग्राममा एक फोटो पोस्ट गर्दै उनले आफ्नो शीघ्र स्वास्थ्य लाभको कामना गर्ने आफ्ना शुभेच्छुकहरुलाई धन्यवाद दिएकी थिइन् । तर उनी निको हुनुको सट्टा संसार छोडेर गइन् ।

यसअघि बेलायतका राजकुमार चार्ल्सलाई समेत कोरोना भाइरसको संक्रमण भएको खबर बाहिरिएको थियो । उनी हाल स्कटल्याण्डस्थित आफ्नो घरमा आइसोलेसनमा छन् ।

केरोना भाइरस संक्रमणका कारण स्पेनमा मृत्यु हुनेको संख्या ५ हजार ९ सय ८२ पुगेको छ भने संक्रमतिको संख्या ७३ हजार नाघको छ । संक्रमति व्यक्तिहरुमध्ये १२ भन्दा बढी उपचारपछि निको भइसकेका छन् ।

स्पेनमा रहेका नेपाली समुदायमा पनि कोरोना भाइरसको प्रकोपले गाँजेको छ । कातालेनियामा ृबार्सिलोनो ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । यसैगरी तारागोनामा ३ जना, कास्तिलोनमा ५ जना, सारागोसामा १ जना भ्यालेन्सियामा १ र गिरोनामा २ जना गरेर जम्मा १८ जना नेपालीहरूलाई कोरोना संक्रमण भएको छ । नेपाली समुदायको पूर्ण विवरण भने गोप्य राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.