सैनिक श्रीमती संघद्वारा स्वास्थ्य शिविर संचालन

| 2022 May 27 | 08:43 pm 809

काठमाडाैं, जेठ १३ः नेपाली सेना श्री सैनिक श्रीमती संघको आयोजनामा भोजपुर जिल्ला, टेम्केमैयुङ-४, नागीस्थित
श्री चण्डेश्वरी माध्यामिक विद्यालय नजिक रहेको स्वास्थ्य चौकीमा श्री सैनिक अस्पताल, ईटहरीका डाक्टर सहितको मेडिकल टिमद्वारा मिति २०७९ जेठ १२ गते एक दिने स्वास्थ्य शिविर संचालन भएको छ ।

उक्त स्वास्थ्य शिविर कार्यक्रममा गाईनो तथा दन्त रोगको परीक्षण गरिनुका साथै नि:शुल्क औषधी वितरण गरिएको थियो । सो स्वास्थ्य शिविरबाट महिला- १०९ र पुरुष- ५७ जना गरी जम्मा १६६ जना सर्वसाधारणहरु लाभान्वित भएका थिए ।

साथै, उक्त संघले संखुवासभा र भोजपुर जिल्लामा विभिन्न मिति तथा स्थानहरुमा देहाय बमोजिमका जनहित कार्यहरु संचालन गरेको व्यहोरा समेत जानकारी गराईएकाे छ ।

(क) मिति २०७९/०२/१० गते संखुवासभा जिल्ला, खांदबारी नगरपालिका, वडा नं.९ स्थित मनकामना मन्दिर परिसरमा रहेका ३० जना बृद्ध/बृद्धाहरुलाई खाद्यान्न एवं राहत सामाग्रीहरु वितरण  ।

(ख) मिति २०७९/०२/११ गते भोजपुर जिल्ला, टेम्केमैयुङ-३, दिल्पास्थित श्री अन्‍नपूर्ण वागधन रणदीपा राई माध्यामिक विद्यालयमा अध्ययनरत छात्र/छात्राहरुलाई कम्प्युटर, प्रोजेक्टर, स्टेशनरी तथा खेलकुद सामग्रीहरु वितरण गरी उक्त संघका अध्यक्षले विद्यालयमा अवस्थित कम्प्युटर ल्यावको उद्‍घाटन गरेका । साथै, मिति २०७९/०२/१२ गते सोही स्थानमा अवस्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत छात्र/छात्राहरुलाई उक्त संघले कम्प्युटर, प्रोजेक्टर, स्टेशनरी सामान तथा खेलकुदका सामाग्रीहरु समेत वितरण ।

(ग) मिति २०७९/०२/१२ गते उक्त संघका अध्यक्षले भोजपुर जिल्लामा तैनाथ श्री फष्ट रैफल गणको व्यारेक एरिया भित्र रहेको शिशु स्याहार केन्द्रको उद्‍घाटन गरी बच्चाहरुलाई खेल्ने सामग्री, खेलौना तथा बिस्कुट वितरण । साथै, उक्त संघले सैनिक परिवार आवास गृहमा बसोवास गर्ने सैनिकका परिवारहरुसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम समेत सञ्चालन  ।

(घ) मिति २०७९/०२/१२ गते भोजपुर नगरपालिका, वडा नं.९ स्थित भोजपुर बहिरा आवासीय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरु २१ (एक्काईस) जनालाई सिरक, चाउचाउ र बिस्कुट वितरण ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.