साग प्रतियोगितामा फूल र मालामा ७० लाख बराबरको खर्च

रिपोर्ट नेपाल | 2019 Dec 12 | 01:11 pm 1156

काठमाडौं, मंसिर २६: १३औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा सरकारले फूल र मालामा ७० लाख रुपैयाँ बराबरको खर्च गरेको छ ।

गएको १५ गतेदेखि २४ गतेसम्म भएको साग प्रतियोगिताको सजावट र बगैँचा निर्माणमा ६० लाख रुपैयाँ बराबरको फूलको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसशन अफ् नेपालले जानकारी दिए । एसोसिएसशनका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार खेलाडी र पदाधिकारीको स्वागत, सम्मान र बिदाइमा भने १० लाख रुपैयाँको फूलको प्रयोग भएको छ ।

साग प्रतियोगितामा प्रयोग भएका सबै फूल स्वदेशमा नै उत्पादन भएको पनि उनले बताए । नेपालमा पछिल्लो समयमा फूलको व्यवसाय फस्टाउँदै गएको छ ।

गएको आर्थिक वर्षमा नेपालमा २ अर्ब ६१ करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको थियो । तर अझै पनि मागअनुसारको उत्पादन नहुँदा हरेक वर्ष भारतबाट १० प्रतिशत आयात गर्नु पर्ने बाध्यता छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.