सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)

रिपोर्ट नेपाल | 2022 May 24 | 07:12 pm 769

काठमाडौं, जेठ १०: राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन्। संसदको संयुक्त बैठकमा राष्ट्रपती भण्डारीले अगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गरेकी हुन्।

सरकारले नीति तथा कार्यक्रममार्फत सडक पूर्वाधारलाई जोड दिएको छ। यस्तै सामाजिक सुरक्षा कार्यक्रमलाई पनि प्राथमिकता दिएको छ। नीति तथा कार्यक्रममार्फत दिवा खाजा कार्यक्रम कक्षा ८ सम्म कार्यान्वयनमा लगिने विषय समेटिएको छ।

उच्च शिक्षामा विद्यार्थी भर्ना वृद्धि गर्न प्रोत्साहनमुलक कृयाकलाप गरीने सरकारको योजना छ। विश्वविद्यालयको पाठ्यक्रमलाई अनुसन्धानमुलक बनाइने विषय समेटिएको छ। विदेशी विद्यार्थीलाई नेपालका विश्वविद्यालयमा आकर्षीत गर्ने नीति अवलम्बन गर्ने सरकारको योजना छ।

सरकारले नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक घोषणा गरेको छ। संघीय संसदमा राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपाली उद्योग नेपालमै रोजगार, आफ्ना उद्योग आफ्नै व्यापार भन्ने नाराका साथ नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक प्रारम्भ गरिने बताइन् ।

काठमाडौं उपत्यकाको सडकलाई पैदलयात्रीमैत्री बनाइने भएको छ। नीति तथा कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका सडकलाई पैदलयात्री मैत्री बनाउन फुटपात विस्तार गरीने उल्लेख छ। यस्तै सरकारले एक घर एक धाराको नीति अघि सारेको छ। संघीय संसदमा राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै फोहोर पानी प्रषोधन केन्द्र स्थापना गरिने बताइन्।

पूर्णपाठ

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.