सभामुख चयनका लागि १२ गते निर्वाचन हुने

रिपोर्ट नेपाल | 2020 Jan 20 | 06:00 pm 600

काठमाडाैं, माघ ६ : प्रतिनिधिसभाका सभामुख चयनका लागि १२ गते निर्वाचन हुने भएको छ । संसदमा भएका प्रमुख दलहरुबीच सभामुखको चुनाव १२ गते चुनाव गर्ने सहमति जुटेको छ ।

त्यसअघि आजै उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएकी थिइन्। संविधानले एउटै दलबाट सभामुख र उपसभामुख बन्न नमिल्ने व्यवस्था गरेको छ।

नेकपाले अग्नि सापकोटालाई सभामुखको उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ भने कांग्रेसले पुष्पा भुषाललाई सभामुखको उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

नेकपाबाट यसअघि सभामुख बनेका कृष्णबहादुर महरा बलात्कार मुद्दामा हाल थुनामा छन्। महराले बलात्कार प्रकरणमा राजीनामा गरेपछि सभामुख पद रिक्त थियो।

यस्तो छ निर्वाचन कार्यतालिका

माघ ७ गते: प्रतिनिधिसभाको कुनै माननीय सदस्यले प्रतिनिधिसभाको कुनै माननीय सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गर्ने।

समय र स्थान: बिहान ११ बजेदेखि २ बजेसम्म, ल्होत्से हल, संघीय संसद भवन

निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचना दर्ता क्रम अनुसार सूची प्रकाशन गर्ने

समय र स्थान : अपरान्ह २:३०, सूचना पाटी संघीय संसद भवन

माघ १२ गते: प्रतिनिधि सभा नियमावली,२०७५ को नियम ७ बमोजिम प्रतिनिधि सभाको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावक सदस्यले प्रस्ताव गर्ने, समर्थक सदस्यले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रूपमा छलफल हुने र दर्ता क्रमानुसार उम्मेदवारीको प्रस्तावहरूलाई क्रमश: निर्णयार्थ प्रस्तुत गर्ने

समय र स्थान : ३ बजे प्रारम्भ हुने प्रतिनिधि सभाको बैठक, प्रतिनिधि सभा कक्ष, संघीय संस

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.