श्रीमती सुनितासँगै नेपाल आइपुगे बलिउड अभिनेता गोविन्दा

रिपोर्ट नेपाल | 2019 Nov 05 | 06:27 pm 2535

काठमाडौँ, कार्तिक १९ : बलिउड अभिनेता गोविन्दा नेपाल आइपुगेका छन् । बुधबार (भोलि)बाट सुरु हुने ‘स्वर्णिम चलचित्र महोत्सव’का लागि अभिनेता गोविन्दा श्रीमती सुनितासँगै नेपाल आइपुगेका हुन् । उनीहरुको साथ अभिनेत्री निरुता सिंह पनि नेपाल आइपुगेकी छन् ।

यहीँ कात्तिक २१ गतेबाट २३ गतेसम्म विरगञ्जमा आयोजना हुँदै गरेको ‘स्वर्णिम चलचित्र महोत्सब’लाई नेपाल चलचित्र निर्माता संघले आयोजना गरेको हो । अहिले महोत्सवको तीब्र तयारी भइरहेको आयोजकले जानकारी गराएको छ ।

मंगलबार नेपाल आइपुगेका अभिनेता गोविन्दाले मिडियाकर्मीहरुसँग कुराकानी गर्दै नेपालबाट पाएको मायाप्रति आभार प्रकट गर्दै सदैव माया गरिरहन आग्रह गरेका छन् । यसका साथै उनले आफ्नो नेपाली फ्यानहरुलाई धन्यबाद पनि दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.