शीतलहरका कारण दुई दिन विद्यालय बन्द

रिपोर्ट नेपाल | 2019 Dec 19 | 02:42 pm 1060

धनगढी, पुस ३ देशैभर चिसो बढिरहेको बेला शीतलहरका कारण कैलालीको धनगढी उपमहानगरपालिकाले दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ।

उपमहानगरपालिकाभित्र संचालित सबै सामुदायिक तथा संस्थागत विद्यालय बिहीबार र शुक्रबार बन्द गर्ने निर्णय गरेको हो।

सबै सरोकारवालासँग छलफलपछि दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाका प्रमुख नृप ओडले जानकारी दिए।

उनले शनिवारको मौसमपछि फेरि के गर्ने भन्ने विषयमा भने छलफल हुने बताए। साथै कञ्चनपुरको भीमदत्त नगरपालिले पनि बुधबार सूचना जारी गर्दै बिहीबार र शुक्रबार विद्यालय बन्द हुने जानकारी गराएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.