विराटनगर अदालतको गेटमै व्यवसायी लामामाथि खुकुरी प्रहार

रिपोर्ट नेपाल | 2021 Sep 26 | 03:17 pm 941

माेरङ, असाेज १०ः उच्च अदालत विराटनगर को गेट अगाडि काभ्रेका इँटा व्यवसायी कमानसिंह लामामाथि खुकुरी प्रहार भएको छ । ब्यवसायी लामामाथि आइतबार विराटनगर–६ रामपुरका २५ वर्षीय विमल कार्कीले खुकुरी प्रहार गरेका हुन् ।

मोरङ प्रहरीका अनुसार कार्कीले आज दिउँसो उच्च अदालतको गेट अगाडि ब्यवसासी लामालाई खुकुरी प्रहार गरी घाइते बनाएका हुन् । कार्कीले ब्यवसायी लामाथि खुकुरी प्रहार गर्नुको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

कार्कीको खुकुरी प्रहारबाट घाइत भएको ब्यवसायी लामाकाे विराटनगर अस्पतालमा उपचार गरी थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न कार्कीलाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.